दफा ४१५
संरक्षक वा माथवरले सम्पत्ति बिक्री गर्न सक्ने

(१) संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको हक, हित वा संरक्षणको लागि यस संहिताको अधीनमा रहीसम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतको अनुमति बिना अचलसम्पत्ति विक्री गर्न सकिने छैन ।